एसकेएम पार्टीले एनडीएलाई समर्थन जनाउने प्रस्ताव पारित

IMG-20240607-WA0311.jpg

गान्तोक: गत १९ अप्रेलको दिन सम्पन्न भएको एघारौँ विधानसभा तथा १८औँ लोकसभाको चुनावमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई सिक्किमे जनताले अपार मत दिएर बहुमतका साथ विजय गराएका छन्। एसकेएम पार्टीको पहिलो कार्यकालका लागि जनताले विश्वासको निम्ति एसकेएम-लाई जिताएका थिए भने यसपल्ट विकासको निम्ति अपेक्षा राखेर जनताले एसकेएम पार्टीलाई सोँचेभन्दा धेरै मतदान दिएर पार्टीप्रतिको प्रतिबद्धता व्यक्त गरेका छन्। जसरी विधानसभाको निम्ति जनताले अपार मत दिएर एसकेएम पार्टीलाई सबै निर्वाचन क्षेत्रबाट विजय गराए त्यसरी नै एकमात्र लोकसभा आसनका उम्मेद्वार डा. इन्द्रहाङ सुब्बालाई पनि भारी मत दिएर विजयी तुल्याएका छन्। आज बसेको विधायक दलको बैठकमा सिक्किमका तमाम जनता जसले एसकेएम पार्टीलाई पुनः सरकारमा पुऱ्याउन योगदान दिएका छन् ती सम्पूर्णमा पार्टीले हार्दिक कृतज्ञता व्यक्त गर्दै जनताको निम्ति अबोप्रान्त कटिबद्ध भएर काम गर्ने सङ्कल्पका साथ प्रस्ताव ग्रहण गरेको छ।

राष्ट्रको हित, विकास र उन्नतिको सङ्कल्प लिएर प्रधावनमन्त्री नरेन्द्र मोदीजीले चाल्नुभएका विगतका योजनाहरू अनुरूप देशलाई विश्व स्तरमा विस्तार गरेको परिचय र राखेको नामप्रति एसकेएम पार्टीले प्रशंसा गरेको छ। देशमा पुनः नरेन्द्र मोदीको नेतृत्तवमा एनडीए-को सरकार गठन गरिने विषयमा एसकेएम पार्टी तथा सम्पूर्ण सिक्किमवासी प्रफुल्लित बनेको विषयमा विधायक दलको बैठकमा चर्चा गरियो। देश विकासका निम्ति गरिएको मार्गनिर्देशन नै राष्ट्रको सफलता बनेको छ, सो सफलताप्रति समर्थन गर्दै पुनः सरकार बनाएकोमा विधायक दलको बैठकले बधाई व्यक्त गर्दै नरेन्द्र मोदीको नेतृत्वमा गठन हुने एनडीए (राष्ट्रिय जनतान्त्रिक गठबन्धन)प्रति सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको पूर्ण समर्थन रहेको साथै लोकसभा सांसदको पनि पूर्ण रूपमा समर्थन रहने आज बसेको बैठकले प्रस्ताव ग्रहण गरेको छ।

सिक्किम क्रान्तिकारी मोर्चाले यसपल्टको चुनावमा अकल्पनीय रूपमा विजय प्राप्त गरेको छ र यो जीत जनताको जीत हो भन्दै एसकेएम पार्टीले जनतालाई जीतको श्रेय दिएको छ। एसकेएम पार्टीलाई यो लक्ष्यप्राप्ति दिलाउनमा सहयोग गर्नुहुने सबै सिक्किमे जनता एक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रस्ताव ग्रहण गरिएको छ। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार गठन र शपथ ग्रहण समारोह आगामी ९ जूनका दिन गरिने भएको थियो तर कतिपय कारणवश यसालाई पर सारेर अब १० जून २०२४ का दिन अपरान्ह 4 बजेदेखि शुरू गरिने विधायक दलको बैठकमा निर्णय लिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement