सुरक्षा अधिकारीद्वारा चीनसँगको सीमा क्षेत्रको निरीक्षण

IMG-20240607-WA0261.jpg

झापा: चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकाको सशस्त्र पुलिस बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ। कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटक उरै पुगेको जनाइएको छ।

सशस्त्र पुलिस बल नेपालका डिएसपी जनकराज पन्त, साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङसहितको टोलीले उरैस्थित नाग्ना डाँडामा रहेको दुई नम्बर सहायक सीमा स्तम्भलगायत पुलान वरपरको भूभागको निरीक्षण गरेको हो।

साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङले तीन दिन पैदल हिँडेर टोली उरै नाका पुगेको जानकारी दिँदै पाँच हजार दुई सय मिटर उचाइमा रहेको २ नम्बर पिलर र आसपासको क्षेत्रको अनुगमन गरिएको रासस प्रतिनिधिलाई बताए। टोलीमा छ जना सरकारी कर्मचारी, साइपालको काँडा र धुली पुलिस चौकीबाट पाँच जना नेपाल पुलिस र सशस्त्र पुलिस बलका सुरक्षाकर्मीसहित १८ जना सहभागी छन।

बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलका अनुसार आगामी जुन ३० देखि उरै नाका पूर्णरूपमा सञ्चालनमा हुनेछ। नाका खुलेपछि व्यापार–व्यवसायका निम्ति सीमापारि जान हालसम्म पाँच जनाले अनुमतिपत्र लिएका उनले जानकारी दिए।

नेपाल र चीन सरकारबीच चीनसँगका १४ नाका क्रमशः खोल्न सहमति भएसँगै यही मई २५मा तिब्बतको सिगात्सेको चेन्टाङमा आयोजित कार्यक्रममार्फत उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्बतका उपध्याक्ष सिलाङ निमाले संयुक्त रूपमा नाका पुनः सञ्चालनको घोषणा गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement