नेटवर्क सेक्युरिटी एण्ड ब्लकचेन म्यानेजमेन्ट टेक्नोलोजी सम्बन्धी सेमिनारकाे आयोजना

IMG-20240607-WA0238.jpg

जलपाईगुडी: जलपाईगुडीमा, नेटवर्क सेक्युरिटी र ब्लकचेन म्यानेजमेन्ट टेक्नोलोजीमा अन्तर्राष्ट्रिय स्तरको सेमिनार आयोजना गरिएको छ। जलपाईगुडीमा साइबर सुरक्षा सम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ। जलपाईगुडी सरकारी इन्जिनियरिङ कलेजको कम्प्युटर विज्ञान विभागको पहलमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ। सम्मेलनमा देशका विभिन्न राज्यका साइबर विज्ञहरुका साथै विभिन्न देशका प्रतिनिधिहरुको सहभागिता रहेको छ। उनले मुख्यतया साइबर सुरक्षा र ब्लकचेन टेक्नोलोजीमा बिभिन्न बिषयमा छलफल गरे। सम्मेलनको शुरुवातमा साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो। कार्यक्रममा कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए। त्यसपछि सम्मेलनमा उपस्थित प्राध्यापक तथा अनुसन्धानकर्ताहरुले आफ्नो मन्तव्य राख्दै आइआइटी खरगपुरको कम्प्युटर साइन्स इन्जिनियरिङ विभागका प्राध्यापक दीपन्विता रोयचौधरीले आजको समाजमा सामाजिक सञ्जाल र साइबर सुरक्षाका साथै विभिन्न विषयमा अनुसन्धान भइरहेको बताए। यो सम्मेलनमा यस्ता धेरै विषयमा छलफल भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement