साथी पोखरीमा लड्न खोज्दा बचाइन्, आफैँ डुबेर मृत भेटिइन्

IMG-20240605-WA0266.jpg

झापा: इलामको चुलाचुली गाउँपालिका -४ मा रहेको ऐना पोखरीमा डुबेर स्थानीय १८ वर्षीया विनिता जोगीको मृत्यु भएको छ।पुलिसका अनुसार जोगीसहित १८ वर्षीया रोजिना साम्बा लिम्बू र उनकै बहिनी १७ की रोशा साम्बा लिम्बू ऐना पोखरीको डिलमा बसेका थिए। सो क्रममा पोखरीको पानी खेलाउँदै गरेको अवस्थामा रोजिना पोखरीको डिलबाट चिप्लेर पोखरीमा खस्न लाग्दा उनलाई हातमा समातेर निकाल्ने क्रममा विनिता अचानक हुत्तिएर पोखरीमा डुबेको पुलिसको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।पुलिस चौकी पेल्टीमारीले खोजी गर्ने क्रममा बालिकालाई मृत अवस्थामा फेला पारेको हो। घटना सम्वन्धमा जिल्ला पुलिस कार्यालय इलामबाट थप अनुसन्धान भइरहेको पुलिस ले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement