सिलगढी: सिलगढी नगरपालिकाको स्वास्थ्य विभागका मेयर परिषद सदस्य दुलाल दत्तकी भतिजीको झुण्डिएको शव घरभित्रै फेला परेपछि शहरमा हलचल मच्चिएको छ। साथै यस दु:खद घटनाले सो क्षेत्रमा शोकको लहर छाएको छ। मृत्यु हुनेकोनाम २६ वर्षीया युवतीको नाम केया दत्त बताइएको छ। उनी पेशाले वकिल थिइन् र सिलगढी अदालतमा काम गरिरहेकी थिइन्l पारिवारिक स्रोतका अनुसार उनी आफ्नी आमासँग सिलगढीको सनहटी मोड क्षेत्रको फ्ल्याटमा बस्थिन्। हिजो राति अरु दिन जस्तै खाना गएकी थिइन्। राति करिब १:३० बजे आमाले बोलाउँदा कुनै जवाफ नपाएपछि ढोका पनि नखुलेपछि छिमेकीलाई बोलाइयो। पछि सबैले उनको कोठाको ढोका तोडेर हेर्दा भित्र झुण्डिएको देखे।
त्यसपछि उनलाई उद्धार गरी सिलगढी जिल्ला अस्पताल ल्याइएको थियो, जहाँ ड्यूटीमा रहेका चिकित्सकले उनलाई मृत घोषित गरे। शुक्रबार उनको शव पोस्टमार्टमका लागि सिलगढी जिल्ला अस्पतालबाट उत्तर बंगाल मेडिकल कलेज अस्पतालमा पठाइएको थियो। यस सम्बन्धमा मेयर काउन्सिल दुलाल दत्तले केया निकै शान्त स्वभावकी भए पनि उनले किन यस्तो गरिन् भन्ने कसैलाई थाहा नभएको साथै परिवारमा कुनै समस्या नभएको बताए। सबै घटनाको आशीघर चौकी प्रहरीले अनुसन्धान शुरु गरेको छ।