ट्रेलर अनियन्त्रित भएर पल्टियो नालामा

IMG-20240607-WA0240.jpg

फुलबारी: फलामको सामान बोकेको एउटा ट्रेलर अनियन्त्रित भएर सडकको किनारमा पल्टिएको घटना शुक्रवार बिहान सिलगढी-जलपाईगढी राष्ट्रीय राजमार्ग अन्तर्गत जोटियाकाली संलग्न इलाकामा भएको हो।जानकारी अनुसार आज बिहान एउटा ट्रेलर फुलबारीबाट जलपाईगढी तर्फ गइरहेको बेला जोटियाकाली संलग्न इलाकामा अचानक ट्रेलर अनियन्त्रित भएर सडक किनारको नालीमा पल्टियो।तर यस घटनामा कसैलाई पनि कुनै प्रकारको चोट पटक नलागेको बताइएको छ। घटनाको खबर पाएर फूलबारी हाईवे ट्राफिक पुलिस घटनास्थलमा पुगेर सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement