सिलगढी: सिलगढीमा चोरीको सामानसहित एक चोर पक्राउ परेका छन्। सिलगढी पुलिस आयुक्तालयको पानीट्यांकी चौकीका पुलिसले मोहम्मद शहनायाज खुरेसी (३४) नामका एक व्यक्तिलाई चोरीको स्कुटर, साइकल र धेरै मोबाइल फोनसहित पक्राउ गरेको छ। आरोपी सिलगढी वार्ड नम्बर ६ गन्जा कालोनी क्षेत्रका बासिन्दा हुन् सिलगढीको हाकिमपारा इलाकाको एक घरमा ४ जुनमा चोरी भएको थियो, त्यसपछि घर मालिकले ६ जूनमा पानीटंकी चौकीमा उजुरी दिएका थिए। उजुरीका आधारमा व्यक्तिलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको थियो। पक्राउ परेकाको साथबाट चोरीको स्कुटर, साइकल र केही मोबाइल बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिलाई शुक्रबार सिलगढी डिभिजनल अदालतमा पेश गरिएको थियो। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान शुरु गरेको छ।
