चाल्सामा गाडी पल्टिँदा बगानका ३० जना मजदुर घाइते, ५ जनाको अवस्था गम्भीर

IMG-20240607-WA0189

जलपाईगढी: चिया मजदुरहरू आज चिया बगानमा काम गर्न जाँदै गर्दा उनीहरूको सानो गाडी दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा गाडीमा सवार ४० चिया मजदुरमध्ये ३० जना घाइते भएका छन्। दुर्घटना चाल्सा क्षेत्रमा भएको हो। घाइतेहरुलाई मंगलबादी ग्रामीण अस्पताल चाल्सामा लगिएको छ। ५ जनाको अवस्था गम्भीर रहेकाले उनीहरुलाई माल सुपर स्पेशलिटी अस्पतालमा रेफर गरिएको छ।  

शुक्रबार बिहान चाल्सा–मटेली राज्य राजमार्गको चाल्सा पीडब्लुडी बंगला नजिक उक्त घटना भएको हो। मटेली ब्लकको साङ्गाची चिया बगानका करिब ४० जना करार मजदुर साना मालवाहक गाडीमा कामका लागि चिल्नी चियाबारी जाँदै थिए। बाटोमा गाडी अनियन्त्रित भई सो क्षेत्रमा सडक छेउमा पल्टियो। स्थानीयले घाइतेलाई उद्धार गरी अस्पताल पुर्याए। सूचना पाएपछि मटेली पुलिस चौकीबाट आएर गाडी आफ्नो नियन्त्रणमा लियो। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ क्षेत्रमा सनसनी मच्चियो। पुलिसले यस विषयमा अनुसन्धान थालेको छ। -न्यूज एसिया

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement