फ्रेञ्च ओपनः महिला एकलको फाइनलमा स्वियातेक र पाओलिनीबीच भिड़न्त तय

photocollage_202467121456541.jpg

पेरिस: विश्वकी नम्बर एक खेलाड़ी इगा स्वियातेकले अमेरिकी खेलाड़ी कोको गौफलाई ६-२, ६-४-ले पराजित गरी फ्रेञ्च ओपन टेनिस टुर्नामेण्टको फाइनलमा स्थान बनाइन्। यसरी पोल्याण्डकी खेलाड़ीले सालको दोस्रो ग्राण्ड स्ल्याममा आफ्नो विजयाभियानलाई २० वटा म्याचमा पुऱ्याइन्। शीर्ष वरीयता प्राप्त स्वियातेकको लक्ष्य रोलाँ ग्यारोमा पाँच सालमा चौथोपल्ट ट्रफी जित्ने रहेको छ। उनी २००७-०९-मा जस्टिन हेनिनपछि लगातार तीनपल्ट फ्रेञ्च ओपन जित्ने पहिलो महिला खेलाड़ी बन्न सक्छिन्। महिला एकलको सेमिफाइनलमा तेस्रो वरीयता प्राप्त गौफले स्वियातेक समक्ष कुनै चुनौती पेश गर्न सकिनन्। अब शनिवार खेलिने महिला एकलको फाइनलमा स्वियातेकको भिड़न्त इटलीकी १२औं वरीयता प्राप्त जेस्मिन पाओलिनीसँग हुनेछ। पाओलिनीले दोस्रो सेमिफाइनलमा रुसकी गैर वरीयता प्राप्त १७ वर्षीय मीरा एण्ड्रीवालाई सीधा सेटमा ६-३, ६-१-ले पराजित गरिन्।
यसबीच पुरुष एकलमा जर्मनीका एलेक्जेण्डर ज्वेरेवले लगातार चौथोपल्ट फ्रेञ्च ओपनको सेमिफाइनलमा प्रवेश गरे। उनले अष्ट्रेलियाका एलेक्स डी मिनौरलाई ६-४, ७-६ (५), ६-४-ले पराजित गरे। सेमिफाइनलमा उनको भिड़न्त २०२२ र २०२३-को उपविजेता नर्वेका खेलाड़ी केस्पर रुडसँग हुनेछ। नोवाक जोकोविच टुर्नामेण्टबाट हट्दा रुडले वक् ओभर पाएर सेमिफाइनलमा स्थान बनाए। यसरी दोस्रो सेमिफाइनलमा स्पेनका स्टार खेलाड़ी कार्लोस अल्काराज र इटलीका यानिक सिनरबीच भिड़न्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement