आईसीसी टी२० वर्ल्ड कपः सुपर ओभरमा अमेरिकाविरुद्ध पाकिस्तानको लाजमर्दो हार

IMG-20240607-WA0172.jpg

डलास: आईसीसी टी२० वर्ल्ड कपमा पाकिस्तानले पहिलो म्याचमै लाजमर्दो हारको सामना गर्नु पऱ्यो। बिहीवार राति खेलिएको म्याचमा पाकिस्तानलाई टुर्नामेण्टको सह-आयोजक अमेरिकाले सुपर ओभरमा पराजित गऱ्यो। म्याचमा पहिला ब्याटिंग गर्दै पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनायो। त्यसपछि अमेरिकाले पनि २० ओभरमा ३ विकेट गुमाएर १५९ रन नै बनाउँदा म्याच टाई भयो। त्यसपछि परिणाम हासिल गर्न खेलाइएको सुपर ओभरमा अमेरिकाले पहिला ब्याटिंग गर्दै मोहम्मद आमिरको बलिंगमा ६ बलमा १८ रन बनायो। त्यसपछि १९ रनको लक्ष्यलाई खेदो गर्दै पाकिस्तानले १ विकेट गुमाएर १३ रन मात्र बनाउन सक्यो। सुपर ओभरमा भारतीय मूलका पेस बलर सौरभ नेत्रभाल्करले असाधारण बलिंग गर्दै पाकिस्तानको हार सुनिश्चित गरे। यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै पाकिस्तानले धीमा शुरुवातपछि १५९ रन बनायो। कप्तान बाबर आजमले ४४ रन बनाए पनि ४३ बल खर्च गरे। उनले ३ वटा चौका र २ वटा छक्का लगाए। बाबरले पहिलो २२ बलमा त केवल ७ रन बनाएका थिए। यसबाहेक शादाब खानले २५ बलाम ४० रन बनाएर रन रेटलाई तेज गर्ने प्रयास गरे। शादाबले ३ वटा छक्का र एउटा चौका लगाए। अन्तिम ओभरहरूमा शाहीन शाह अफरीदीले अविजित २३ र इफ्तखार अहमदले १८ रन बनाएर टीमलाई सम्मानजनक स्कोरसम्म पुऱ्याए। अमेरिका बलरहरूमा नोसथुस केनजिगेले ३ र नेत्रभाल्करले २ विकेट लिए। यसरी अमेरिकाको ईनिंग्समा कप्तान मोनाक पटेलको अर्द्धशतक मुख्य आकर्षण रह्यो, जसले ३८ बल खेलेर ७ वटा चौका र एउटा छक्काको साथ ५० रन बनाए। यसबाहेक एरोन जोन्सले अविजित ३६ र एण्ड्रिस गौसले ३५ रन बनाए। म्याचमा पाकिस्तानको टीमलाई पहिलो ओभरदेखि नै दबाउमा देखिएयो अनि अमेरिकाले आत्मविश्वासको साथ खेल्दै आफ्नो अहिलेसम्मको सबैभन्दा ठूलो जीत हासिल गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement