मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमे जनतालाई दिए धन्यवाद

IMG-20240606-WA0223.jpg

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्टा अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिँग तामाङले गत १९ अप्रेल २०२४ को दिन सम्पन्न भएको एघारौँ विधानसभा र अठारौँ लोकसभा चुनाउमा भारी मत दिएर विजयी बनाएकोमा सिक्किमे जनताप्रति आभार जाहेर गरेका छन्। सिक्किमका सबै क्षेत्रहरूबाट पार्टीले भारी मत पाएको उल्लेख गर्दै यो जीत जनताको जीत भनी बताएका छन्। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले यस अपार मायाको जीत हो भनी ठहर गरेका छन्। उनले यसलाई आमाहरू र चेलीहरुको अपार स्नेहको जीत भएको उल्लेख गरेका छन्। त्यसैले यसपटकको जीत म सिक्किमे आमा– चेलीहरुको जीत ठान्दै वहाँहरुलाई नै समर्पित गर्दछु, तामाङले भने। उनले उल्लेख गरेअनुसार बितेको पाँच सालमा हामीले गरेको कामको तपाईंहरूले मूल्याङ्कन गरिदिनु भएको छ। हामीलाई तपाईंहरूले दिनुभएको भारी मतदानले काम गर्ने थप ऊर्जा मिलेको छ। तपाईंहरूको विश्वास जितेको अनुभूति भएको छ। हामीले पहिलो सरकारकालमा विश्वव्यापी कोभिडको प्रभाव र प्रकोपको सामना गर्नुपऱ्यो। त्यसमा पनि हामी सरकार पक्षले सिक्किमेली जनतालाई सहजता प्रदान गर्न सकेसम्म प्रयास गरेको भन्दै त्यस्तै २०२३ को ३-४ अक्टोबर राति लोनार्क लेकमा बादल फाटेर टिस्टा नदीले मच्चाएको ताण्डवको कारण सिक्किम र सिक्किमे जनताले फेरि समस्या बेहोर्नुपरेको जानकारी गराए। उक्त समयमा धेरैले ज्यानसम्म गुमाउनु पऱ्यो भन्दै ती सबै दिवङ्गत आत्माहरुलाई शान्ति मिलोस भन्ने प्रार्थना गर्दछु भनी बताएका छन्। विगत वर्ष २००९ देखि हामीले लगातार सत्ता र व्यवस्था परिवर्तनको नारा लिएर अघि आउँदा तपाईंहरू जस्ता कर्मठ क्रान्तिकारी साथीहरूले काँधमा काँध मिलाएर सहयोग र समर्थन पाएको र तपाईंहरुको बलिदानलाई कदापि भुलिने छैन भनी बताए। तपाईंहरूको निःस्वार्थ समर्थनलाई सम्मान छ। ती वरिष्ठजनको आशीर्वाद र मार्गदर्शनलाई शिरोधार्य गरी हामी अघि बढ़नेछौं, मुख्यमन्त्रीले भने। थप भनेअनुसार बितेको पहिलो कार्यकालमा हामीले धेरै काम गरेका छौं। सिक्किमेली जनताको मान र सम्मान झर्ने र झार्ने कुनै काम गरेनौँ। राज्य र राष्ट्रिय मुद्दाहरूमाथि धेरै काम भएको छ र ती मुद्दाहरूलाई सफल पार्न हरसम्भव प्रयास गर्नेछौं। बितेको पाँच वर्षको कार्यकालमा हाम्रा प्रत्येक क्रान्तिकारी साथीहरूले दिएको असीम समर्थनको परिणाम हो यसपटकको मतदान र ऐतिहासिक जीत, तामाङले यसो भने। यसपटकको मतदानको परिणामले हामीलाई थप जिम्मेवारी दिएको बोध गरेका छौं भन्दै सो जिम्मेवारीलाई पूरा गर्ने प्रण गर्दछौँ भनी वचन दिएका छन्। पार्टी अध्यक्षको नातामा म सबै क्रान्तिकारी साथीहरूलाई धन्यवाद व्यक्त गर्दछु। पत्रकार मित्रहरू जसले समाचार पत्रहरूको माध्यमद्वारा जनजनमा हाम्रा कार्याक्रम र योजनाहरूहरूलाई पुऱ्याइदिनुभयो साथै सामाजिक सञ्जालमार्फत हाम्रो कामलाई जनताअघि पुऱ्याए सबैमा धन्यवाद दिँदछि, उनले थपे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement