टीमको बलिंग एकाईको प्रशंसा गरे हार्दिक पाण्ड्याले

IMG-20240606-WA0220.jpg

न्यूयोर्क: भारतका स्टार अलराउण्डर हार्दिक पाण्ड्याको भनाइअनुसार, जसप्रीत बुमराहको अगुवाईमा रहने बलिंग आक्रमणमा धेरै अनुभव रहेको छ। भारतले बुधवार आयरल्याण्डलाई ८ विकेटले पराजित गरी टी२० वर्ल्ड कपमा आफ्नो पहिलो जीत दर्ता गऱ्यो। हार्दिकले भने, हाम्रो टीममा जम्मा ८९२ वटा टी२० म्याच खेल्ने अनुभव रहेको मलाई आज थाहा लाग्यो, जुन लरतरोको कुरा होइन। यसरी हामीसँग अनुभवको कमी छैन। विशेषगरी बलिंगमा हामीसँग जसप्रीत बुमराह जस्ता बलर छन् जो अहिले पनि नम्बर एक बलर हुन्। यसरी मोहम्मद सिराज र अर्शदीप सिंहले पनि गत केही समयदेखि निरन्तर असल प्रदर्शन गरेका छन् अनि उनीहरूका खेलमा निरन्तर सुधार आएको छ। यसैकारण हाम्रो बलिंग कोर ग्रुपमा धेरै अनुभव छ। आयरल्याण्ड विरुद्ध जीतबारे हार्दिकले भने, आज हामीलाई विकेटबाट पनि सहायता प्राप्त भयो। टुर्नामेण्टमा सकारात्मक शुरुवात गरेर हामी खुशी छौं। यस्तो ठूलो टुर्नामेण्टमा लय हासिल गर्नु धेरै महत्त्वपूर्ण हुन्छ। आयरल्याण्ड विरुद्ध जीतपछि हार्दिक पाकिस्तान विरुद्ध आइतवार खेलिने म्याचमा ध्यान केन्द्रित गर्न चाहन्छन्। उनले भने, भारत र पाकिस्तानबीच म्याच सदा रोमाञ्चक हुन्छ। हामी अनुशासित भएर असल क्रिकेट खेल्ने प्रयास गर्नेछौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement