एसकेएम पार्टीको पाँचौं जन उन्मुक्ति दिवसको अवसरमा विपक्षकाे भेट

IMG_20220810_235000.jpg

गान्तोक: राज्यको सत्तारुढ एसकेएम पार्टीको पाँचौं जन उन्मुक्ति दिवसको बुधवार जोरथाङ खेल मैदानमा भव्यरूपमा मनाइयो। यस अवसरमा राज्यको विपक्षी पार्टीबाट धेरै दिग्गज नेता, पूर्व मन्त्रीहरु, पूर्व विधायक तथा युवा कार्यकर्ता एसकेएम पार्टीमा सामेल भएका छन्।

एसकेएम पार्टीको जन उन्मुक्ति दिवस समारोह अवधि सिक्किम विधानसभामा पहिलो महिला अध्यक्ष तथा एसडीएफ सरकारकालमा मन्त्री रहेकी कलावती सुब्बा, पूर्व मन्त्री रण बहादुर सुब्बा, पूर्व मन्त्री भीम ढुङ्गेल, पूर्व विधायक मदन सिञ्चुरी, दिपक गुरुङ, पूरण गुरुङ, एम प्रसाद शर्मा, सोनाम ग्याछो भोटिया र नायक उत्तम प्रधान आदि एसकेएम पार्टीमा सामेल भएका छन्।

यसरी नै एसडीएफका युवा नेता हिमाल तामाङ, कर्मा सुब्बा, सुकमान सुब्बा, लगायत एसडीएफ पार्टीको विभिन्न समितिमा रहेका सयौं कार्यकर्ता, हाम्रो सिक्किम पार्टी र सिक्किम रिपब्लिकन पार्टीका धेरै कार्यकर्ता र अन्य विपक्षी दलका सदस्य साथै अवकाश प्राप्त कर्मचारीहरु पनि एसकेएम पार्टीमा सामेल भएका छन्। मुख्यमन्त्री तथा एसकेएम अध्यक्ष पीएस तामाङले पार्टीको झण्डा प्रदान गरेर सबैलाई स्वागत जनाएका।

आज एसकेएम पार्टीमा सामेल हुनेहरू मध्ये धेरैजसोले अघिबाटै एसडीएफ पार्टीबाट राजीनामा दिएका थिए भने धेरै युवा कार्यकर्ताले हिजो राजीनामा दिएका थिए। जोरथाङमा हजारौं समर्थकहरूको उपस्थितिमा आयोजित एसकेएम पार्टीको समारोहमा बोल्दै पार्टीका महासचिव तथा सिक्किम सरकारका मन्त्री अरुण उप्रेतीले नयाँ र पुराना कार्यकर्ता माझ कुनै भेदभाव नराखी पार्टीले सबैलाई समेटेर सिक्किमको हितमा काम गर्ने दाबी गरेका छन्।

समारोह अवधि एसकेएम सरकारको उपलब्धि माथि आधारित पुस्तक लोकार्पण, गीत विमोचन, पार्टी अध्यक्ष पीएस गोलेलाई अभिनन्दन गर्नसितै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *