सिक्किम सिनियर सिटीजन फाउण्डेसनले दियो मुख्मन्त्रीलाई बधाई

IMG-20240604-WA0285.jpg

गान्तोक: सिक्किम सिनियर सिटीजन फाउण्डेसनको आज एक बैठक देउरालीस्थित संघको कार्यालयमा सम्पन्न भयो। उक्त बैठकको अध्यक्षतामा संस्थाका अध्यक्ष सीएन खनालको अध्यक्षतामा सम्पन्न भएको संस्थाद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ। सो बैठकमा गत २ जूनको दिन सम्पन्न भएको मतगणनामा सिक्किम क्रान्तिकारी मोर्चाले ३२ मा ३१ सीट ल्याउन सफल बनेको साथै लोकसभा सीटमा पनि एसकेएम पार्टीका उम्मेदावर विजयी बनेकोमा बधाई दिने प्रस्ताव पारित गरिएको छ। विशेष गरेर एसकेएम पार्टीका अध्यक्ष प्रेम सिंह तामाङको नेतृत्वमा यस वर्ष एसकेएम पार्टीले भारीमतले विजय हासिल गरेको जानकारी गराइएको छ। बैठकमा संस्थाले एसकेएम पार्टीको ऐतिहासिक जितको निम्ति खुशी प्रकट गर्दै आगामी दिनमा उनको राजनीतिक जीवन सफल होस् भन्ने कामना गर्दै सिक्किमेली जनताको हितमा काम गर्ने आशा राखेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement