गान्तोक: राज्य प्रदुर्षण नियन्त्रण बोर्डको पहलमा हिजो विश्व पर्यावरण दिवस भव्यरूपमा पालन गऱ्यो। यस वर्षको थिम “भूमि पुनर्स्थापना, मरुभूमि र खडेरी लचिलोपन” भन्ने विषयवस्तुमा विश्व वातावरण दिवस २०२४ मनाएको हो। विश्व पर्यावरण दिवस २०२४ को अवसरमा, राज्य प्रदूषण नियन्त्रण बोर्ड-सिक्किमले राज्यका सबै औद्योगिक एकाइहरूसँग समन्वयमा विरूवा रोपन अभियानको आयोजना गर्दै यसबारेमा मानिसहरूलाई पर्यावरण-मैत्री विकल्पहरू बनाउनको लागि सचेत गराएको जानकारी गराइएको छ। उक्त कार्यक्रम अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता, भिडियो प्रस्तुति, ब्यानर प्रदर्शन लगायतका अन्य कार्यक्रमहरू आयोजना गरिएको थियो। उक्त कार्यक्रममा वन विभागका सचिव प्रदीप कुमार, सदस्य सचिव गोपाल प्रधान लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। बोर्डले विश्व पर्यावरण दिवसको अवसरमा जनतामा पर्यावरण संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम पनि शुरू गरेको बताइएको छ।पर्यावरण संरक्षण र संरक्षणका लागि राज्यमा सञ्चालन भइरहेका गतिविधिहरूलाई पर्यावरण समस्याकाबारेमा जनचेतना अभिवृद्धि गर्न एलईडी बोर्ड जडान गरिएको छ।