गान्तोक: महिला एवम वाल विकास विभाग कार्यालयमा विश्व पर्यावरण दिवस हिजो पालन गरियो। यस अवसरमा विभागकी सचिव नोर्मित लेप्चा लगायत विभागका अन्य अधिकारीहरूले पनि सहभागिता जनाएका थिए। कार्यक्रममा विभाग परिसरमा विभिन्न प्रजातिको विरूवा रोपन सहित सर सफाई कार्यक्रम पनि आयोजना गरिएको जानकारी गराइएको छ। सोही प्रकारले नाम्ची जिल्ला पञ्चायत कार्यालयमा विश्व पर्यावरण दिवस पालन गरियो। उक्त कार्यक्रममा नाम्ची जिल्लाकी अध्यक्ष अञ्जिता राजालिम, उपाध्यक्ष विकास तामाङ लगायत जिल्ला पञ्चायत सदस्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला पञ्चायत अध्यक्ष अञ्जिता राजालिमले सबै सदस्यहरूले विरूवा ल्याएकोमा कृतज्ञता प्रकट गर्दै सबै सदस्यहरूले एक एक वटा गरेर विरूवा रोप्नु पर्ने आग्रह गरिन्। यस अवसरमा उपनिर्देशक सागर राई र उपसचिव निमा छोसाङ शेर्पाले फोहर मैला प्रवन्धन घटाउने, पून प्रयोग र रिकोवरबारे छलफल गरे। स्रोतको दिगो उपयोगका लागि सक्रिय पहल गर्ने, खानेपानीको अभाव, जमिनको ह्रास र वातावरणीय ह्रास जस्ता केही गम्भीर समस्याहरूलाई सम्बोधन गर्नेबारे गम्भीररूपमा छलफल गरिएको जानकारी गराइएको छ।