नासाउ काउण्टी मैदानको पीचसँग खुशी छैनन् भारतीय कप्तान रोहित

IMG-20240606-WA0214.jpg

न्यूयोर्क: नासाउ काउण्टी इण्टरनेशनल क्रिकेट स्टेडियममा असमान बाउन्सले भरिएको ड्रप इन पीचसँग भारतीय कप्तान रोहित शर्मा खुशी छैनन्, जहाँ ब्याटरहरूले पहिलो बलदेखि नै संघर्ष गर्नु परिरहेको छ। आयरल्याण्ड विरुद्ध बुधवार खेलिएको म्याचमा रोहितले अर्द्धशतक बनाए पनि पीचको असमान बाउन्सले गर्दा उनलाई असहज देखियो। विपक्षी पेस बलर जोश लिटलको शर्ट पीच बलले उनको दाहिने हातमा चोट लाग्यो। यसैकारण उनले अर्द्धशतकपछि मैदान छोड्नु पऱ्यो। चोटबारे रोहितले भने, चोटलाई लिएर चिन्ता छैन। यो पीच कस्तो रहने थाहा नभएको मैले टसको समय नै भनेको थिएँ। नयाँ मैदानमा खेल्नु कस्तो हुँदा रहेछ भन्ने हामी अनुभव गर्न चाहन्थ्यौं। मेरो विचारमा पीच अहिले सेट भएको छैन अनि बलरहरूलाई निक्कै फाइदा प्राप्त भइरहेको छ। यो पीचमा ब्याटिंग सजिलो हुनेछैन। यसैकारण आफ्नो धैर्यको साथ खेल्नु जरूरी छ। यसरी म्याचमा केवल ६ रन खर्च गरी २ विकेटको साथ प्लेयर अव् द म्याचको पुरस्कार जित्ने बुमराहलाई चाहिँ पीचसँग कुनै गुनासो छैन। उनले भने, यस पीचबाट बलरहरूलाई फाइदा भइरहेको छ। यसैकारण मलाई कुनै गुनासो छैन। यस प्रारूपमा परिस्थिति अनुसार खेल्नु पर्छ। आफ्नो रणनीतिमा कायम रहँदा मलाई फाइदा भयो। यस्तो परिस्थितिमा असल तयारी जरूरी हुन्छ अनि म आफ्नो प्रदर्शनसँग खुशी छु। टीमको निम्ति विकेट लिनु नै मेरो काम हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement