कुवैत विरुद्ध म्याच ड्रः अन्तर्राष्ट्रिय फूटबलबाट विदा लिए सुनिल छेत्रीले

IMG-20240606-WA0211.jpg

काेलकत्ता: हजारौंको संख्यामा उपस्थित समर्थकहरूका अपार माया र समर्थनबीच भारतीय फूटबल टीमका चमत्कारी कप्तान सुनिल छेत्रीले १९ सालको स्वर्णिम करियरपछि अन्तर्राष्ट्रिय फूटबलबाट विदा लिए। यहाँको सल्ट लेक स्टेडियममा फिफा वर्ल्ड कप क्वालीफायर अन्तर्गत भारत र कुवैतबीच गोलरहित ड्र (०-०)-मा समाप्त भएको म्याच उनको अन्तिम अन्तर्राष्ट्रिय म्याच थियो। भारतको निम्ति सर्वाधिक १५१ वटा म्याच खेलेर सर्वाधिक ९४ गोल गर्ने सुनिल छेत्रीको बिदाई म्याचको साक्षी बन्न स्टेडियममा हजारौंको संख्यामा समर्थकहरू एकत्रित भएका थिए तर भारतीय टीमले कप्तानलाई जीतको साथ बिदा गर्न सकेन। भारतले म्याचमा केही नजिकको मौकाहरू गुमायो। भारतीय गोलकीपर गुरप्रीत सिंह सन्धूले पनि केही असाधारण शेभ गरी टीमलाई बचाए। कुवैत विरुद्ध म्याचमा जीत हासिल गर्न सकेको भए भारत फिफा वर्ल्ड कप क्वालीफायरको तेस्रो चरणमा पुग्ने लगभग निश्चित हुने थियो तर आजको ड्र-ले समीकरण सामान्य कठिन बन्न पुग्यो। भारत ग्रुप ए-मा अहिले पनि ५ वटा म्याचमा ५ पोइण्ट्सको साथ दोस्रो स्थानमा रहेको छ तर इगोर स्टीमाकको टीम समक्ष अब कतरको रूपमा ठूलो चुनौती रहेको छ, जो ४ वटा म्याचमा १२ पोइण्ट्सको साथ ग्रुपको शीर्षमा रहेको छ।

यसरी कुवैतले ५ वटा म्याचमा ४ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा अफगानिस्तानलाई पछि छोड़ेर तेस्रो स्थान हासिल गऱ्यो। भारतको तर्फबाट ५० गोल गर्ने पहिलो खेलाड़ी छेत्रीलाई म्याचको अन्तमा भावुक देखियो। उल्लेखनीय छ, छेत्रीले १२ जून २००५-मा पाकिस्तान विरुद्ध भारतको तर्फबाट पदार्पण गरेका थिए अनि उनले आफ्नो पहिलो म्याचमै गोल पनि गरेका थिए। अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिए पनि उनले क्लब फूटबल खेल्न जारी राख्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement