सिलगढी: सिलगढीको वार्ड नम्बर १६ अन्तर्गत गिरीश घोष सरानी क्षेत्रमा एक भयानक घटनामा अचानक आगलागी भएको छ। यद्यपी घटनाका कारण कुनै मानवीय क्षति भने भएको छैन। स्थानीयले बहुतले धुवाँ निस्किएको देखेपछि तत्काल दमकल र पानीट्यांकी थानाका पुलिसलाई खबर गरेका थिए। पछि फ्ल्याटका मालिकले पनि जानकारी पाए। यसैबीच, दमकलले तुरुन्तै घटनास्थलमा पुगेर फ्ल्याटको ढोका तोडेको थियो।लगत्तै अधिकारीहरु घटनास्थलमा पुगेर आगो निभाएर स्थितिलाई नियन्त्रणमा लिएका थिए। आगलागी फ्ल्याटको प्रार्थना कोठाबाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। खबर पाएलगत्तै पानीट्यांकी थानाका कर्मचारी घटनास्थलमा पुगेर घटनाबारे थप अनुसन्धान थालेका छन्।











