असममा करिब ८ करोड रुपियाँको याबा ट्याब्लेट बरामद

Untitled-1-copy

गुवाहाटी: असमको कार्बी आङ्लोङमा बिहीबार करिब ८ करोड रुपियाँको कम्तीमा ४० हजार याबा ट्याब्लेट बरामद गरिएको छ। स्रोतका अनुसार सूचनाका आधारमा कार्बी आङ्लोङको बोकाजनस्थित डिल्ली प्वाइन्ट नजिकै पुलिसले शंकास्पद गाडीलाई रोकेको छ। पुलिसले कारको जाँच गर्दा इन्जिन बेमा लुकेको डिब्बा फेला पारेको थियो। थप अनुसन्धान गर्दा पुलिसले ठूलो परिमाणमा याबा ट्याब्लेट फेला पारेको छ। स्थानीय ग्रे मार्केटमा यी ट्याब्लेटको मूल्य आठ करोडभन्दा बढी रहेको पुलिसले जनाएको छ। घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरिएको छ। शंकास्पद लागुऔषधको स्रोत र गन्तव्य पत्ता लगाउन अनुसन्धान शुरु गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement