मैनमाता काली मन्दिरमा फलहारी काली पूजाका लागि भीड

IMG-20240606-WA0187

जलपाईगढी: विशेष अमावस्या तिथिमा फलदायी काली माताको पूजा गरिन्छ। यस अवसरमा मैनागुरी मैनमाता काली मन्दिरमा पूजाआजाका लागि भक्तजनको भीड लाग्यो। यो पूजा अमावस्या मितिमा आयोजना हुने जनाइएको छ। यस दिन बिहानैदेखि मन्दिरमा पूजा र अञ्जली शुरु भएको छ।

पूजा गर्न टाढा टाढाबाट भक्तजनहरु आउने गरेको भक्तजनहरु बताउँछन्, यो पूजामा मुख्यतया पाँच प्रकारका फलहरु मातालाई चढाइन्छ। मैनागढी मैनामाता कालीबारी परिसरमा मुख्यतया फलको पूजा गरिन्छ। यस बाहेक मन्दिरमा राधागोविन्द मन्दिर र शिव मन्दिर पनि छ। यस पुजाका अवसरमा घरपरिवारलगायत सबैको कल्याण होस्, सबै स्वस्थ रहोस् भनी आमासँग प्रार्थना गरेको भक्तजनले बताएका छन्। -न्यूज एसिया

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement