प्लास्टिकको प्रयोग कम गर्न विद्यार्थीहरूद्वारा सोनादा बजारको दोकानहरूमा कागजको थुँगाहरू वितरण

IMG-20240606-WA0203.jpg

सोनादा: सोनादा उच्चत्तर माध्यमिक विद्यालयका विद्यार्थीहरूले पर्यावरण स्वच्छ राख्नलाई प्लास्टिकको प्रयोग बन्द गर्न कागजको थुँगाहरू वितरण गरेका छन्। सोनादा उच्चत्तर माध्यमिक विद्यालयद्वाका पर्यावरण दिवस पालन गर्दै यस विद्यालयका विद्यार्थीहरूले प्रयोग भईसकेको कागजहरूबाट विभिन्न प्रकारका थुँगाहरू बनाएर प्लास्टिकको प्रयोग कम गर्न सोनादा बजारको विभिन्न दोकानहरूमा नि:शुल्क वितरण गरेका छन्। सोनादा उच्चत्तर माध्यमिक विद्यालयको विद्यार्थीहरूले विद्यालयमा पहिलेबाटै नौलो आयाम शुरु गर्दै कुखुरा पालन र च्याऊ खेती शुरु गरिसकेका छन् भने यसपाली पर्यावरण स्वच्छ राख्नलाई स्कूलमा प्रयोग गरिसकेका विभिन्न कागजहरूबाट थुँगाहरू बनाएर दोकानतिर वितरण गरेर प्लास्टिकको प्रयोग कम गर्ने सुझावसहित सचेत पनि गराएका छन्। यस क्रममा विद्यार्थीहरूद्वारा सचेतना रैलीको पनि आयोजना गरिएको छ। उक्त रैली विद्यालय परिसरबाट शुरु भएर सोनादा बजार परिक्रमा गरिएको थियो। यसै क्रममा विद्यार्थीहरूले बनाएका कागजका थुँगाहरू पनि दोकान दोकानतिर वितरण गरिएको थियो। विद्यार्थीहरूका यस कार्यमा साथै दुवै अप्पर र लोवर सोनादा ग्राम पञ्चायतको पञ्चायत प्रधान, उप प्रधान र पञ्चायत सदस्यहरू, पञ्चायत समिति सदस्यहरू, विभिन्न स्वनिर्भर दलहरू र विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरूले रैलीमा सहभागिता जनाएका थिए। विद्यार्थीहरूका यस कार्य विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सोनादा उच्चत्तर माध्यमिक विद्यालयको प्रधान अध्यापक दिपेन्द्र मुखियाले सोनादा उच्चत्तर माध्यमिक विद्यालयको विद्यार्थीहरूले पर्यावरण सचेतना गराउन सचेतना रैलीको पनि आयोजना गरिएको थियो र रैलीमा विद्यार्थीहरूले सोनादाको हरेक दोकानतिर कागजले बनाएको थुँगाहरू वितरण गर्दै प्लास्टिकको प्रयोग कम गर्नलाई सचेतना गराइएको बताएका छन्। उनले बताए अनुसार विद्यार्थीहरूले प्लास्टिकको प्रयोग कम गर्न विभिन्न प्राथमिक पाठशालातिर पनि सचेतना गराइएको जानकारी गराएका छन्।

विद्यार्थीहरूका कार्यलाई सोनादाको दुवैवटा ग्राम पञ्चायतहरू, स्वनिर्भर दलहरू साथै पञ्चायत सदस्यहरू र पञ्चायत समितिको सदस्यहरू सबैलाई सहयोगको लागि धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement