प्रधानमन्त्री श्रम योगी मन्धन योजनामाथि एक दिवसीय सचेतना कार्यक्रम आयोजित

IMG-20220810-WA0206.jpg

गान्तोक: पाकिम जिल्ला अन्तर्गत रम्फूमा प्रधानमन्त्री श्रम योगी मन्धन योजनामाथि एक दिवसीय सचेतना कार्यक्रम आयोजना गरियो। पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेल लेप्चाको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा रम्फूका महकुमा अधिकारी, रम्फू नगर पञ्चायतका पार्षदगण लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। प्रधान मन्त्री श्रम योगी मानधन एक सरकारी योजना हो, जुन असंगठित श्रमिकहरूको वृद्धावस्था र सामाजिक सुरक्षाको लागि केन्द्र सरकारद्वारा तयार गरिएको हो। यो योजना विशेष गरेर १८ देखि ४० वर्ष बीचका असंगठित कर्मचारीहरूको लागि हो। यो स्वैच्छिक र योगदानमूलक निवृत्तिभरण योजना हो जस अन्तर्गत लाभार्थीले ६० वर्षको उमेर पुगेपछि न्यूनतम तीन हजार प्रति महिना निश्चितरूपमा पाउनेछन्। यदि कामको समयमा लाभार्थीको मृत्यु भएमा लाभार्थीको पति/पत्नीले ५०% पाउनेछन्। यस योजना अन्तर्गत १८ देखि ४० वर्ष उमेर समूहका आवेदकहरूले ६० वर्षको उमेर नपुगेसम्म मासिक ५५ रूपियाँ देखि २०० रुपैयाँसम्मको योगदान दिनुपर्नेछ।

About Author

Advertisement