खरसाङ: खरसाङ शहरलाई सफा र स्वच्छ राख्नलाई सर सफाई विषयमा खरसाङ नगरपालिकामा जागरुकता सभा सम्पन्न भएको छ। उक्त सभा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानको अध्यक्षता र सेनिटेरी इन्स्पेक्टर रमेश सुब्बाको सञ्चालनमा सम्पन्न भएको छ। उक्त प्रकारको सभा खरसाङ शहरलाई सफा र स्वच्छ राख्नलाई एसडब्ल्युएम प्रोजेक्ट अनुसार सर सफाई र मैला व्यवस्थापन विषयलाई लिएर मासिक रूपमा गर्ने गरिन्छ। एसडब्ल्युएम प्रोजेक्ट अनुसार खरसाङ नगरपालिकाको प्रत्येक वार्डमा सर सफाई गर्न प्रत्येक बिहान मैला उठाउने गरिन्छ। उक्त मैला उठाउने कार्यलाई सर सफाई गर्ने कार्यलाई सराहना गर्दै मैला उठाउने विषयमा मासिक रूपमा रिपोर्ट संकलन गर्नलाई उक्त सभा राखिएको जानकारी प्राप्त भएको छ। उक्त सभामा खरसाङ नगरपालिका अन्तर्गत वार्डहरूमा मैला उठाउने कार्य अनि शहरलाई सफा र स्वच्छ राख्ने विषयमा चर्चा परिचर्चा गरिएको छ। यसको साथै नगरपालिका क्षेत्रमा रहेका नाला झोड़ाहरू सर सफाई गर्ने साथै नाला झोड़ाहरूमा मैला नफ्याँकिदिने अनुरोध पनि गरिएको छ।

उक्त सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले खरसाङ शहरलाई सफा र स्वच्छ राख्नलाई जनताले पनि साथ र सहयोग गर्नुपर्छ भनी आह्वान् गरेका छन्। उनले कतिवटा वार्डहरूमा मैला उठाउने कार्यमा कतिजनाले फिस नदिएको र सबैलाई समयमा नै फिस दिएर शहरलाई सफा र स्वच्छ राख्नलाई नगरपालिकालाई सहयोग गरिदिने निवेदन पनि गरेका छन्।