इच्छेलाई बचाउन इच्छेवासीहरू नै अघि आउनुपर्छ: अजय एडवाडर्स

IMG-20240606-WA0192.jpg

कालेबुङ: इच्छेलाई बचाउन इच्छेवासीहरू नै अघि आउनुपर्छ भनी हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष एंव एडवाडर्स फाउण्डेशनको प्रमुख अजय एडवाडर्सले बताएका छन्। एडवाडर्स फाउण्डेशनले कालेबुङको इच्छेमा एक कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रममा डाक्टर जीएस योञ्जन, डाक्टर हर्कबहादुर छेत्री, एस प्रधान आदि जस्ता समाजसेवी एंव पर्यावरण विशेषज्ञहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एडवाडर्स फाउण्डेशन प्रमुख अजय एडवाडर्सले इच्छेमा अहिले जस्तो प्रकारले पर्यावरणलाई दूर्षित गर्ने कार्यहरू भईरहेको छ। यसलाई बचाउन एंव इच्छेलाई जोगाउन सर्वप्रथम इच्छेवासीहरू नै अघि आउनुपर्छ भनी बताएका छन्। उनले भने, ‘इच्छेमा अहिले जस्तो प्रकारको स्थिति छ योभन्दा भयानक दार्जीलिङको रंगीत चिया कमानमा भएको थियो। तर रंगीत चिया कमानको बासिन्दाहरू एकबद्व भएर त्यसको सामना गर्दा अहिले रंगीत चिया कमानमा पाँचतारे होटलको निर्माण गर्छु भन्नेहरूले त्यहाँ केही कार्य गर्नलाई रंगीत चिया कमानको बासिन्दाहरूलाई सोध्न पर्ने स्थिति आएको छ। इच्छेवासीहरू पनि एकबद्व भए यहाँ पनि त्यस्तै अवस्था आउनेछ।’
उनले अघि भने, ‘हामीले हितिसकेको विषयहरूलाई अघि राखेर फलाना यस्तो थियो, उस्तो थियो भन्ने गर्छौं। जस्तै – मदन तामाङ जीवित हुँदा उसको कुरालाई कसैले वास्ता गर्दैन थियो। तर आज मदन तामाङको निडरताको प्रशंसा गर्ने गर्छौं। हामीले जीवित हुँदा नै सबैको सम्मान गर्नुपर्छ। आजको यो कार्यक्रम सामाजिक कार्यक्रम भएको हुँदा हुँदै पनि मैले हाम्रो पार्टीको निर्वाचित नेतृत्वहरूको बारेमा बताउनुपर्छ। गोपाल परियार दार्जीलिङ नगरपालिकाको निर्वाचित नगरपार्षद हो। गोपाल परियार नगरपार्षद हुनभन्दा अघिदेखि नै उनले दार्जीलिङ शहरलाई कसरी साफ सफाई राख्न सकिन्छ भन्ने विषयमाथि चिन्तित हुन्थे। त्यसैकारण उनी बिहानै शहरको वार्ड वार्डहरूमा गएर साफ सफाईको काम गर्थे। त्यसरी नै प्रतिम सुब्बा निर्वाचित सभासद हो। बलाबासको बासिन्दाहरूले बलाबास खोलामाथि पूल निर्माण गर्नुपर्छ भन्ने अनुरोध गर्दा उनी श्रमिक जस्तै भएर खटिए। एकजना निर्वाचित सभासद हुँदा हुँदै पनि उनले कहिले बालुवा किट्टी बोकेर लान्थे, कहिले बलाबास पूल निर्माणको कार्यमा लागि परेकाहरूको निम्ति खाना पकाउथे।’
अजय एडवर्डले अझ भने, ‘आज सबैले मेरो प्रशंसा गर्छन्। तर मैले केवल सिमेन्ट र रट मात्र दिएको हो। बलाबास पूल निर्माणमा खटिनेहरू स्थानीय गाउँवासीहरू नै हुन्। बालाबास पूल निर्माणको कार्यक्रममा जिम्गी भाइ, रोबर्ट छेत्री, रोवेन प्रधान भाइहरू दिन रात खटेका थिए।दार्जीलिङको रंगीत चिया कमानमा पाँच तारे होटल निर्माणको कार्य तयारी हुँदै थियो।त्यस अवधि जितेन राई भाइहरू सडकमा ओर्लिए अनि होटल निर्माणको विरोध गरेका थिए।जितेन राई अनि उनको साथीहरू विरूद्व उच्च न्यायलयमा १० करोड रूपियाँको मामला दर्ता गरयो। तर पनि उनीहरू पछि हटेनन् आज उनीहरूको जीत भएको छ। जितेन राई एकजना शिक्षक हुन्। अहिले स्थानीय गाउँलेहरूले उनलाई सभासद बनाएका छन्। जितेन राईहरू जस्तै इच्छेवासीहरू पनि अघि आउनुपर्छ। डराउनु हुँदैन। रंगीत चिया कमानको जो स्थिति थियो। इच्छेमा त्यस्तो कुनै स्थिति छैन। तपाईहरू अघि आउनुहोस तपाईहरूको साथमा हामी छँदै छौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement