भाजपा प्रार्थी राजु विष्टलाई विषय बनाएकोमा भाजपा मिरिकद्वारा जनतालाई धन्यवाद ज्ञापन

IMG-20240606-WA0191.jpg

मिरिक: भारतीय जनता पार्टी मिरिक मण्डल कमिटीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै भाजपाका उम्मेद्वार राजु विष्टलाई दोस्रो पटक भारी मतले विजयी बनाएकोमा सर्वसाधारणलाई धन्यवाद दिएका छन्। भाजपा मिरिक मण्डल समितिका अध्यक्ष अमर राणाले देशमा मात्रै नभई दार्जिलिङ पहाडमा पनि ग्रामीण क्षेत्रका आम जनताले भाजपालाई तन-मनले साथ दिएर भोट दिएकाले धन्यवादको पात्र रहेको बताएका छन्। उनले मिरिक मात्र नभई सम्पूर्ण दार्जिलिङ पहाड, तराई र डुवर्सको सार्वजनिक रुपान्तरणको पक्षमा यो राम्रो संकेत भएको बताएका छन्। पार्टीका दार्जिलिङ जिल्ला समितिका सहसचिव तथा मिरिक नगरपालिकाका पूर्व उपाध्यक्ष एमके जिम्बाले मिरिक नगरपालिकाका नौ वर्षको सचेत जनताले भाजपाका सांसद राजु विष्टलाई विजयी बनाएकोमा खुशी व्यक्त गर्दै यसले मिरिक नगरपालिका क्षेत्रका जनताले आगमी नगरपालिका चुनाव तथा आगामी २०२६ मा हुने बङ्गाल विधान सभा चुनावमा भाजपाको जीत स्पष्ट पारेको दाबी गरेका छन्। यति मात्र होइन, यो परिणामले आगामी नगरपालिका चुनाव र २०२६ मा हुने बंगाल विधानसभा निर्वाचनमा नगर क्षेत्रको जनमतमा पनि परिवर्तन आउने संकेत गरिरहेको छ भनी बताएका छन्। उनले पछिल्लो पञ्चायत चुनावमा पनि मिरिकका जनताले संयुक्त मोर्चाका उम्मेदवारहरुलाई विजयी बनाएको बताउँदै यस पटक पनि जनताले भाजपा र राजु विष्टलाई बिजय बनाएर दार्जिलिङको राजनीतिक समाधान तथा दार्जिलिङका गोर्खाहरूको समस्या समाधानको लागि राजु विष्टलाई सांसद र भाजपालाई सरकार बनाउन मद्दत पुर्याएको बताएका छन्। यसै बीच भाजपाको मिरिक मण्डल समितिका अग्र पंक्तिका नेता निप्चन गोलेले जनताको मन बुझ्ने पार्टी केवल भाजपा मात्र भएको दाबी गर्दै गोर्खाको लामो समयदेखिको माग भाजपाले पूरा गर्ने विश्वास व्यक्त गरे। त्यसै गरी लोकसभा चुनावका लागि मिरिक महकुमाका चुनाव संयोजक ललित निरौलाले भारी मतले विजयी भएका राजु विष्टको जितलाई सम्पूर्ण गोर्खा जातिको जित भएको बताएका छन्। आजको समयमा जनता मूर्ख नभएको बताउँदै निरौलाले पहाडका आम जनताले जनताको मन छुने काम गर्ने व्यक्तिलाई समर्थन प्राप्त भएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement