अभिषेक ब्यानर्जी र अखिलेश यादवबीच भेटघाट

Abhishek-Banerjee-Akhilesh-Yadav.jpeg

नयाँ दिल्ली: यसपाली लोकसभा चुनावमा पश्चिम बंगालमा २९ सिटहरू तृणमूल कांग्रेसको शिविरमा  खुशी लहर छाएको छ। दिल्लीमा भएको आईएनडीआईए गठबन्धन बैठकपछि अभिषेक ब्यानर्जी र अखिलेश यादवबीच भेट भएको छ। दुवैले एक अर्कासँग हात मिलाएर बधाई जनाए। तृणमूल कांग्रेसको आधिकारिक ट्विटर ह्यान्डलबाट यो तस्वीर शेयर गरिएको छ। क्याप्सनमा लेखिएको छ, ‘भाजपा र प्रधानमन्त्रीको अहंकारलाई कुचल्न प्रमुख भूमिका खेल्ने दुई व्यक्ति अखिलेश यादव र अभिषेक ब्यानर्जी!’ समाचारअनुसार बिहीबार समाजवादी पार्टीका अध्यक्षलाई भेट्न उनको निवासमा गएका थिए । यस क्रममा डेरेक ओब्रायन पनि उनीसँगै थिए। अभिषेक कारबाट ओर्लने बित्तिकै अखिलेश यादव घर अगाडि आएर स्वागत जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement