चीनको बेइजिङ शीतकालीन ओलम्पिक च्याम्पियन गु आइलिङले पश्चिमी फ्रान्सको लोयर–एटलान्टिक विभागमा पेरिस ओलम्पिक खेलको टर्च बोकेर पेरिस २०२४ को टर्च रिलेमा भाग लिने पहिलो सक्रिय चिनियाँ खेलाडी बनेकी छन्। हिजो बुधबार गुले ओलम्कि टर्च बोकेर अरुसँगै टर्च रिले थिइन्। ‘म हाल फ्रान्सको लोइरे नदीको छेउमा छु, भर्खरै टर्च रिले पूरा गरेकी छु। म अझै पनि यो कार्यक्रममा भाग लिन एक युवा खेलाडीको रूपमा यहाँ आउन पाउँदा धेरै उत्साहित र धेरै खुशी छु’, उनले भनिन्।प्रत्येक टर्च रिले जस्तै, यो कार्यक्रमले ठूलो संख्यामा स्थानीय बासिन्दाहरूलाई आकर्षित गर्यो जो टर्चवाहकहरूलाई शुभकामना दिन आएका थिए। फ्रीस्टाइल स्की विश्व च्याम्पियनले वातावरणले उनलाई गहिरोसँग उत्प्रेरित गरेको छ, जसले उनलाई टर्चबियरर हुनुमा अझ गर्व लागेको बताइन्।

‘मैले सडकमा केटाकेटी, बुढाबुढी र बच्चाहरूलाई पनि आफ्ना आमाबुवाको काखमा बसेर हामीलाई नियालीरहेका देखेँ। तिनीहरूबाट, मैले ओलम्पिक र खेलकुदप्रतिको उनीहरूको रुचि र जोश महसुस गर्नसकें। मलाई लाग्छ यो पनि ओलम्पिक भावनाको एक हिस्सा हो। २० वर्षीय यी खेलाडीले सन् २०२२ को बेइजिङ शीतकालीन ओलम्पिक खेलहरूमा चीनका लागि दुई स्वर्ण र एउटा रजत जितेकी थिइन्।

टर्च रिलेको समयमा, गुले बारम्बार छ नम्बरको प्रतिनिधित्व गर्ने संकेतको इशारा गरिन्। उनले पत्रकारहरूसँग भनिन्, ‘चिनियाँ समकालीन स्लैंगमा छ को अर्थ अद्भुत हुनु हो। चिनियाँ भाषामा निउको अर्थ गाई हो। जसलाई उत्कृष्ट वा प्रभावशाली मानिन्छ।‘ ‘म चीन अद्भुत छ, र चिनियाँ खेलाडीहरू पनि उत्कृष्ट छन् भनेर देखाउन यो इशारा प्रयोग गर्न चाहन्छु। म विशेष गरी चिनियाँ खेलाडीहरूले अर्को महिना हुने ओलम्पिकमा उत्कृष्ट नतिजा हासिल गरेको देख्ने आशा गर्छु’, गुले भनिन्। उनले पक्कै पनि ओलम्पिक हेर्न पेरिस पुग्ने वाचा पनि गरिन्। स्ट्यानफोर्ड युनिभर्सिटीमा उनको सेमेस्टर समाप्त भएपछि, गुले टर्च रिलेको अघिल्लो दिन फ्रान्समा दश घण्टा भन्दा बढी उडान गरिन् र विमानमा आफ्नो अन्तिम कार्यहरू पूरा गरिरहेकी थिइन्।