गेजिङमा बाल तस्करीविरूद्ध सचेतना कार्यक्रम सम्पन्न

IMG-20220810-WA0207.jpg

गान्तोक: “आजादी का अमृत महोत्सव” को ब्यानरमा “बाल तस्कर विरुद्ध विश्व दिवस” को उपलक्ष्यमा ” विश्व मानव तस्कर विरुद्ध” सम्बन्धी एक दिवसीय जिल्ला स्तरीय सचेतना कार्यक्रम आयोजना गरियो। गेजिङ जिल्लाको जिल्ला पञ्चायत भवनको प्रेक्षागृहमा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता गेजिङ जिल्लाकी जिल्लापा हिस्से डी. योङदाले गरेकी थिइन्।

राष्ट्रिय बालअधिकार संरक्षण आयोग,राज्य बाल अधिकार संरक्षण आयोग, राज्य बाल संरक्षण समाज र जिल्ला प्रशासन ग्याल्सिङको समन्वयमा आयोजना गरिएको कार्यक्रमलाई गेजिङ जिल्लाका पुलिस अधिक्षक हरि प्रसाद छेत्री लगायत विभिन्न विभागका नोडल अधिकारीहरूले सहभागिता जनाएका थिए। कार्क्रमलाई सम्बोधन गर्दै जिल्लापाल हिस्से डी. योङदाले भारतले स्वतन्त्रताको ७५ वर्ष पूरा गरेको र सिङ्गो राष्ट्रले आजादी का अमृत महोत्सव मनाउने भएकाले सबैको ह्दयबाट स्वतन्त्रता एवम आजादीको कुरा निस्कनुपर्ने बताइन्। हाल देशमा वाल तस्करको घटनामा वृद्धि भइरहेको साथै अहिले तस्करहरूले प्रविधि र डिजिटल माध्यमलाई मानव बेचबिखनका लागि औजारका रूपमा प्रयोग गरिरहेको बताइन्।यसको रोकथामको निम्ति सबै तह र तप्काबाट पहल हुनु पर्ने विषयमा उनले जोर दिएकी छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *