लाइब्रेरियनको अभावमा भोलापाड़ा नजरूल पुस्तकालय बन्द अवस्थामा

07df2c92-a988-4136-b108-a512ffd4590a.jpg

राजगञ्ज : भोलापाड़ा नजरूल पुस्तकालय लाइब्रेरियनको अभावमा बन्द भएको छ। राजगञ्ज ब्लकको सुखानी ग्राम पञ्चायत अन्तर्गत भोलापाडामा अवस्थित यो पुस्तकालय लगभग तीन वर्ष अघिदेखि हालसम्म बन्द रहेको छ। यसैले गर्दा इलाकाको मानिसहरू असन्तुष्ट छन्। प्राप्त जानकारी अनुसार यो पुस्तकालयको स्थापना १९७२ मा भएको थियो।२०२१-मा लाइब्रेरियन र सहायक लाइब्रेरियन सेवानिवृत्त भएपछि लाइब्रेरियनको अभावमा यो पुस्तकालय बन्द अवस्थामा रहेको छ। यसले गर्दा पुस्तकालयमा कतिपय किताबहरू नष्ट भइरहेको छ। अर्कोतिर, इलाकाका मानिसहरूले प्रशासनले चाँडोभन्दा चाँडो लाइब्रेरियन उपस्थितिमा पुस्तकालय खोल्ने मांग गरेका छन्। यस विषयमा सुखानी ग्राम पञ्चायतका उप-प्रधान इजराइल हकले भने, चाँडै पुस्तकालय खोल्नको लागि उच्च अधिकारीलाई भेटेर अवगत गराउने छौ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement