गेजिङमा शुरू भयो बास्केटबल प्रतियोगिता

Basketball-going-into-hoop_b.jpg

गान्तोक। गेजिङ जिल्लाको सरकारी उच्चत्तर माध्यमिक विद्यालयको खेल मैदानमा ७६औं स्वतन्त्रता दिवसको अवसरमा इन्टर स्कूल गल्स एण्ड बोयजको निम्ति बास्केटबल प्रतियोगिता शुरू भयो। यस उदघाटन कार्यक्रममा मुख्य अतिथिकोरूपमा गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी.योङदा रहेकी थिइन् भने अतिरिक्त जिल्लापाल अगावने रोहन रमेश, महकुमा अधिकारी लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। पहिलो पल्ट गेजिङ जिल्ला प्रशासन केन्द्रद्वारा आयोजना गरिएको यस प्रतियोगिताको प्रथम खेल जोरथाङ बनाम गेजिङ गरुदासबीच सम्पन्न भएको थियो,जसम जोरथाङ टोली बिजयी बनेको छ। सोही प्रकारले महिलावर्गको खेललिङचोम माध्यमिक विद्यालय बनाम दराप विद्यालयबीच भएको थियो जसमा दराप विद्यालय बिजयी भयो। यस कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल हिस्से डी. योङदाले यस प्रकारको प्रतियोगिता आयोजना गरेकोमा उनले आयोजक समितिलाई धन्यवाद दिएकी छन्। खेलकूदको क्षेत्रमा आबद्ध बनेपछि युवाहरूले नकारात्मक सोंचबाट मुक्ति पाउने उनले बताइन्। उक्त खेलमा ६ महिलावर्गको टोलीले सहभागिता जनाएको थियो भने यसको फाइनल खेल १५ अगस्तको दिन सम्पन्न हुने भएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *