सिलगढी: राष्ट्रिय राजमार्गमा चार चक्के सवारीसाधनसँग मोटरसाइकल ठोक्किँदा तीन युवा घाइते भएका छन्। नक्सलबारीको सातभैया एसियन राजमार्ग २ मा पानीट्यांकीबाट बागडोग्रा जाँदै गर्दा मोटरसाइकलमा सवार तीनजनाले नियन्त्रण गुमाएर चार चक्के सवारीसाधनसँग ठक्कर दिएको बताइएको छ। घटनामा तीन जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा चन्दनदास, कालु राय र कुन्दन राय रहेका छन्। घाइतेहरु बागडोग्रा भुजियापानीका बासिन्दा हुन्। घाइतेलाई स्थानीयले उद्धार गरी नक्सलबारी अस्पताल ल्याएका थिए भने एकजनालाई उत्तर बंगाल मेडिकल कलेज र अस्पतालमा पठाइयो। यता, घटनापछि चालक चार चक्के गाडी छोडेर फरार भएका छन्। दुर्घटनाग्रस्त चार चक्के वाहन र मोटरसाइकललाई पुलिस चौकी नक्सलबारीले बरामद गरी पुलिस चौकीमा ल्याएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।