आजादीका अमृत महोत्सव अन्तर्गत वाकाथन आयोजित

IMG-20220810-WA0208.jpg

गेजिङ: गेजिङ जिल्लाको जिल्ला प्रशासन केन्द्रद्वारा आजादीका अमृत महोत्सव अन्तर्गत नशामुक्त अभियान कार्यक्रम आयोजना गरियो। यसकार्य क्रमको थिम नशा से आजादी रहेको थियो। उक्त कार्यक्रम अन्तर्गत वाकाथन ऱ्याली पनि आयोजना गरियो भने सो ऱ्यालीलाई गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदाले झण्डा हल्लाएर प्रस्थान गराएकी थिइन्। सो कार्यक्रममा विभिन्न गैरसरकारी संस्थाका सदस्यहरूले सहभागिता जनाएका थिए। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल हिस्से डी. योङदाले नशालु पदार्थलाई राज्य र समाजबाट निर्मुलपार्नको निम्ति सबैले सामुहिकरूपमा पहल शुरू गर्नु पर्ने आग्रह गरिन्। यसरी नै उनले हर घर तिरङ्गा अभियान अन्तर्गत सबैले आफ्नो घरमा राष्ट्रीय झण्डा लगाउनु पर्ने विषयमा जानकारी गराइन्। देश स्वतन्त्रता भएको ७५औं वर्षगाँठको अवसरमा आजादीका अमृत महोत्व कार्यक्रम देशभरि चलिरहेकोछ भने यसै अन्तर्गत हर घर तिरङ्गा अभियान पनि शुरू भएको बताइन्। यस वाकाथनमा धेरैले सहभागिता जनाएकोमा उनले खुशी प्रकट गरेकी छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *