१० अगस्तः नेताजी युथ क्लब (एन.वाई.सी.), सेभोकको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टको दोस्रो सेमिफाइनलमा ३९ गोर्खा ट्रेनिंग सेण्टर (शिलंग)-ले जीत हासिल गऱ्यो। सेभोक प्राइमरी स्कूल मैदानमा बुधवार भएको म्याचमा ३९ गोर्खा ट्रेनिंग सेण्टरले हल्दीबारी यूनिट फूटबल क्लबलाई ७-०-ले पिट्यो। विजेता टीमबाट दुईजनाले ह्याट्रिक गरे। प्रगेश थामीलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टको फाइनल १५ अगस्तमा खेलिनेछ। यस इलेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा देश लामाले बताएका छन्।
About Author
Post Views: 160