झापा: सप्तरीको कञ्चनरुप नगरपालिका – ८ स्थित बेरियरमा रहेको एन्जिल्ला लजमा मंगलबार एकजना युवक मृत भेटिएको छ। धनकुटाको महालक्ष्मी नगरपालिका १ खाप्रांगका करिब २८ वर्षका सुजन कार्की स्थानीय एन्जिल्ला लजको कोठा नम्बर ९ मा मृत भेटिएका हुन। सोमबार दिउँसो करिब ३ बजेको समयमा उक्त लजमा कार्की बस्न आएको लजका सञ्चालक दिल बहादुर शाही ठकुरीले बताए। लज संचालकले जानकारी गराउन साथ प्रहरी घटना स्थलमा पुग्दा कार्की पंखामा घाँटी पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको ईलाका पुलिस कार्यालय कञ्चनपुर सप्तरीले जनाएको छ।