विराटनगर: मोरङमा वर्षेनी धनजनको क्षति पु¥याउनेमा बाढी तथा डुबान पहिलोस्तरको प्रकोपमा पर्दछ। जिल्लाभरमा क्षति गर्ने १२ प्रकारका प्रकोपमध्ये बाढी तथा डुबान सबैभन्दा बढी नोक्सानी पु¥याउनेमा पर्दछ ।जिल्ला विपद् व्यवस्थापन समिति मोरङले जारी गरेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार २०११ सालदेखि २०२१ सालसम्ममा १२ हजार ५४८ घरपरिवार बाढी तथा डुबानबाट प्रभावित भएको तथ्यांक छ। यसैगरी यो अवधीमा ४४ जनाको मृत्यु, घाईते ६ जना र २२ करोड ६२ लाख ५१ हजार २९२ आर्थिक क्षति भएको तथ्यांक छ। आर्थिक वर्ष २०२२ को तथ्यांक अद्यावधिक छैन। २०२३ मा दुई पटक आएको बाढीमा परेर पाँच घरमा क्षति पुगेको विवरण छ। एकलाख ३० हजार बराबरको क्षति भएको तथ्यांक छ।जिल्ला प्रसासन कार्यालयले मोरङले डुवानबाट हुने विपद् व्यवस्थापन सम्बन्धि पूर्व तयारी गरिरहेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहले जानकारी दिए। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला विपद् समिति हुने भएकोले स्थानीय तहका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु लगायत सरोकारवाला व्यक्तिहरुसँग पूर्व तयारी र सावधानीका उपायहरुमा छलफल गरिएको हो ।दश खोला तथा नदी, जसको वर्षेनी जोखिममोरङ जिल्लाभर दशवटा खोला तथा नदीले बढी क्षति पु¥याउँदै आएको छ। बुढी÷केशलिया, सिंघिया, लोहन्द्रा, चिसाङ, डाँस÷मरिया बक्राहा, रतुवा, मावा, बक्राहा, तेली, सुकुना, कयर जिल्लामा वर्षेनी क्षति पु¥याउने खोलामा पर्दछन् ।बुढी÷केशलियाले सुन्दरहरैंचा न।पा।बुढीगंगा गाउँपालिका, विराटनगर, सिंघियाले बुढीगंगा, विराटनगर, ग्रामथान, कटहरी र जहदा, लोहन्द्राले बेलबारी, सुन्दरहरैंचा, ग्रामथान, कटहरी, जहदा, रंगेली, धनपालथान, चिसाङले लेटाङ्ग, केराबारी, बेलबारी, कानेपोखरी र रंगेली, डाँस–मरिया बक्राहाले लेटाङ्ग, पथरी, शनिश्चरे, कानेपोखरी, रंगेली, रतुवा, मावाले उर्लाबारी, रतुवामाई, सुनवर्षी, बक्राहाले उर्लाबारी र रतुवामाई, तेलीले लेटाङ्ग र उर्लाबारी, सुकुना तथा कयर खोलाले बेलबारीलाई वर्षेनी बाढीपछि डुबान गर्दै आएको छ।