बूढानिलकंठ(काठमांडू): लामा दाइ’ का नामले परिचित पेसेवर ट्रेकिङ गाइड राजेश लामाले काठ मांडूबाट पैदलयात्रा गरेर विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। पत्रकार सम्मेलनको आयोजना गर्दै उनले काठमांडूबाट पैदल हिँडेको ५७ औँ दिनमा सगरमाथाको चुचुरोमा पुगेको बताए। उनले भने , “अप्रिल १ मा काठमांडूबाट पैदलयात्रा थालेर चुनौतीपूर्ण भूभाग पार गरेर १५ दिनमा लुक्ला पुगेँ। यात्राको २४ औँ दिनमा सगरमाथा आधार शिविर पुगेर आरोहणको तयारीमा लागेँ।”
आरोहण अभ्यासकै क्रममा अप्रिल २७ मा लबुचे शिखर चढेको बताउँदै उनले मई १५ मा सगरमाथा आधार शिविरबाट पाँच दिनको आरोहणपछि सगरमाथाको चुचुरोमा पुगेको बताए। ५७ दिनको यात्राको अवधिमा कुल ४३२.६ किलोमिटर दुरी पार गरेको उहाँले जानकारी दिए। स्रोतका अनुसार
नेपालको
पर्यटन
उद्योगमा
एक
दशकभन्दा बढी समयदेखि
सक्रिय
उनि
अनुभव
प्राप्त
पेसेवर
ट्रेकिङ
गाइड हुन।
सन्
२००९
देखि
उनले
ट्रेकिङ
गाइडका
रूपमा
काम
गर्दै
आएका
उनलाई
सगरमाथाको
पैदलयात्रामा
नर्थ
फेस
नेपालले
सहयोग
गरेको
थियो।
कार्यक्रममा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले जलवायु परिर्वतनका कारण हिमालमा पारेको असर न्यूनीकरण गर्न हिमाल, हिमाली क्षेत्र र जैविक विविधताको संरक्षण गर्न आवश्यक रहेको बताए। हिमालका सम्भावनालाई उजागर गर्दै दिगो पर्वतीय अवधारणामा जोड दिन आवश्यक रहेको बताउँदै उनले जलवायु परिवर्तनकै कारण हिमाल, हिमनदी र हिमतालमा पुगेको असरले हिमाली वनस्पति, जीवजन्तु, चराचुरुङ्गीलगायत रैथाने बालीमा सङ्कट निम्तिरहेको जानकारी दिए।