नयाँ दिल्ली: गत केही सालदेखि असाधारण फर्ममा रहने भारतका चाइनाम्यान स्पिनर कुलदीप यादवले वर्तमान टी२० वर्ल्ड कपमा भारतको निम्ति ट्रफी जित्ने आफ्नो प्रबल इच्छा व्यक्त गरेका छन्। कुलदीपले यसअघि २०१९ र २०२४-मा भारतको गत दुईवटा आईसीसी वनडे वर्ल्ड कपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए तर उनले अहिलेसम्म टी२० वर्ल्ड कप खेल्ने चाहिँ मौका पाएका थिएनन्। दिल्ली क्यापिटल्सको पोडकास्टमा कुलदीपले भने, भारतको निम्ति वर्ल्ड कप जित्नु मेरो सपना छ। यो मेरो पहिलो टी२० वर्ल्ड कप हुनेछ। म २९ सालको हूँ अनि अझ केही सालसम्म खेल्न चाहन्छु। वर्ल्ड कप जित्नु मेरो एउटा दीर्घकालिक लक्ष्य हो अनि यसको पछि एउटा ठूलो प्रक्रिया छ। लामो समयदेखि भारतको निम्ति खेलिरहेका खेलाड़ीहरूका निम्ति वर्ल्ड कप जित्नु जरूरी छ । मेरो विचारमा अन्तमा ट्रफी नै महत्त्वपूर्ण हुन्छ अनि तपाईं त्यसैको निम्ति खेल्नु हुन्छ। यसैकारण वर्ल्ड कप जित्नु मेरो एकमात्र सपना हो। भारतका यस चाइनाम्यान बलरले क्रिकेटदेखि बाहिर आफ्नो सपनाहरू बारे बोल्दै भने, क्रिकेटदेखि बाहिर मलाई फूटबल कोचिंगको लाइसेन्स हासिल गर्ने इच्छा छ। यसको निम्ति अहिले त म तयार छुइनँ अनि मैले यसमाथि धेरै काम गर्नु पर्नेछ। क्रिकेट छोड़ेपछि यसमाथि समय दिएर उचित प्रशिक्षण लिन सक्ने आशा गरेको छु। क्रिकेटदेखि बाहिर केही गर्न चाहे म निश्चित रूपले फूटबलमा योगदान दिन चाहन्छु। फूटबल मलाई वाल्यकालदेखि नै मन पर्ने खेल हो।