तीनजना स्कूल छोडेका विद्यार्थीलाई सिनिद्वारा स्कूलमा भर्ना गराइयो

01-6f9d47b7-74d2-4112-a0b3-273dbc9e8389

कालचिनी: कोरोनाकाल र लकडाउनको समय स्कूल छोड़्न बाध्य भएका तीनजना आदिवासी विद्यार्थीहरुलाई अन्ततः चाइल्ड इन नीड इन्स्टीट्यूट सिनिको सहयोगितामा आज समुकतला क्षेत्रको सन्त जेभियर्स हाइस्कूलमा पुनः भर्ना गराईएको जानकारी सिनि अलिपुरद्वार दुई नम्बर ब्लक कोर्डिनेटर असित सिकदारले दिएका छन्। कोरोनाकालमा लकडाउन अवधि कोहिनूर चियाबारीको तीनजना मुण्डा परिवारका विद्यार्थीहरु स्कूल बन्द अवस्थामा रहेको थियो भने लकडाउनको कारण गरीब परिवारको आर्थिक स्थिति दयनीय भएकोले पनि धेरै गरीब विद्यार्थीहरु स्कूल छोड़न बाध्य बनेको थियो।

ब्लक प्रशासनको सहयोगितामा सिनिले यस्ता स्तूलछुट विद्यार्थीहरुको सूची तयार गर्ने क्रममा अन्ततः अलिपुरद्वार दुई नम्बर ब्लकको तीनजना आदिवासी विद्यार्थीहरुलाई आज सन्त जेभियर्स हाइस्कूलमा कक्षा ६ मा भर्ना गराउन सफल भएको सिनि अलिपुरद्वार दुई नम्बर ब्लक कोर्डिनेटर असित सिकदारले खुशी व्यक्त गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *