जकार्ता: पूर्व विश्व च्याम्पियन तथा दुईपल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धूले इण्डोनेशिया ओपन बीडब्ल्यूएफ सुपर १००० ब्याडमिण्टन टुर्नामेण्टको पहिलो राउण्डमै हारको सामना गर्नु पऱ्यो। भारतकी स्टार शट्लर सिन्धूलाई महिला एकल वर्गको म्याचमा चाइनीज ताइपेकी सू वेन-ची-ले एक घण्टा १० मिनटमा १५-२१, २१-१५, १४-२१-ले पराजित गरिन् । वेन-चीविरुद्ध यो सिन्धूको पहिलो हार हो। यसरी महिला युगलमा पनि ऋतुपर्णा पाण्डा र स्वेतपर्णा पाण्डाकी भारतीय जोड़ीले दक्षिण कोरियाकी छैटौं वरीयता प्राप्त किम सो येओंग र कोंग ही योंगविरुद्ध १२-२१, ९-२१-ले हारको सामना गर्नु पऱ्यो। आउँदो महिना पेरिस ओलम्पिक हुनेछ अनि पदकको दावेदार मानिएको सिन्धूको प्रदर्शनमा निरन्तरताको कमी चिन्ताको विषय बनेको छ। यसअघि सिन्धू सिंगापुर ओपनको प्री-क्वार्टर फाइनलमा स्पेनकी क्यारोलिना मारिन विरुद्ध पराजित भएकी थिइन्। त्यस अघि मलेशिया मास्टर्समा चाहिँ सिन्धूले असल प्रदर्शन गरेकी थिइन्। मलेशियामा उनले फाइनलसम्मको यात्रा तय गरेकी थिइन्। फाइनलमा चाहिँ सिन्धूले चीनकी वांग झी यीविरुद्ध २१-१६, ५-२१, १६-२१-ले हारको सामना गर्नु परेको थियो। अब सिन्धूसँग ओलम्पिक अघि लय हासिल थोरै समय रहेको छ।