डा. इन्द्रहाङ सुब्बा एनडीएको बैठकमा सहभागी

nda-meeting-pm-modi-050823188-16x9_0.jpeg

गान्तोक: मुख्यमन्त्री तथा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका अध्यक्ष प्रेमसिंह तामाङले राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) लाई समर्थन जनाउने अगावै घोषणा गरिसकेका छन्।

यस क्रममा एसकेएम पार्टीका नवनिर्वाचित लोकसभा उम्मेदवार डा. इन्द्रहाङ सुब्बा आज नयॉं दिल्लीमा एनडीएको बैठकमा सहभागी बने। उक्त जानकारी सुब्बाले आफ्नो आधिकारिक एक्स ह्यान्डलमार्फत दिएका छन्।

उनले पार्टी अध्यक्ष पीएस तामाङको निर्देशनमा आज एनडीएको बैठकमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई प्रतिनिधित्व गरेको जानकारी गराएका छन्। उक्त बैठक आज नयॉं दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको अवगत गराउॅंदै एनडीएप्रति एसकेएम पार्टीको समर्थन जनाउन बैठकमा सहभागी बनेको उनले थप जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement