काेलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले तृणमूल कांग्रेसका नवनिर्वाचित सांसदहरूको बैठक शनिवार बोलाएकी छन्। पार्टी सूत्रहरूले उक्त जानकारी दिएको हो। तृणमूल कांग्रेसले पश्चिम बंगालमा लोकसभा चुनाउको समय आफ्नो बर्चस्व कायम राखेको छ र ४२ मध्ये २९ सीट जितेको छ भनेे भारतीय जनता पार्टीले १२ र कांग्रेसले १ सीट जितेको छ।
तृणमूलका एक नेताले भने, पार्टी सुप्रीमोले हाम्रा नवनिर्वाचित सांसदहरूको बैठक शनिवार बोलाएकी छन्। यस बैठक अवधि राजनीतिक स्थितिमाथि पनि चर्चा गरिने छ।
उल्लेखनीय छ, ब्यानर्जीले केन्द्रमा सत्ताधारी भाजपासॅंग लोकसभा चुनाउ मिलेर लड्नको निम्ति गठन गरिएको इण्डी गठबन्धनबाट अलग भएर राज्यमा एक्लै चुनाउ लड्ने घोषणा गरेकी थिइन्। उनले गठबन्धनमा बनिरहने तर बंगालमा एक्लै चुनाउ लड्ने बताएकी थिइन्।