सीएपीद्वारा भरत बस्नेतको राजीनामा अस्वीकृत

IMG-20240604-WA0283.jpg

गान्तोक: सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका अध्यक्ष भरत बस्नेतको राजीनामालाई पार्टीले अस्वीकार गरेको छ। पार्टीका सबै कार्यकारिणीहरूसॅंग परामर्श एवं विचार गरेपछि उनको राजीनामालाई स्वीकार नगर्ने निर्णय लिएको बताइएको छ।

सीएपी कार्यकारी अध्यक्ष लाक्पा शेर्पाद्वारा आज जारी गरिएको एक प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको छ।

स्मरण रहोस्, सीएपी सिक्किमका अध्यक्ष भरत बस्नेतले हिजो एक पत्रकार सम्मेलनमा अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका थिए। उनले लोकसभा र विधानसभा चुनाउमा पार्टीको हारको जिम्मेवारी लिॅंदै नैतिक आधारमा पार्टीको अध्यक्ष पदबाट राजीनामाको घोषणा गरेका थिए।

सीएपीद्वारा आज जारी प्रेस बयानमा पार्टीले सबै कार्यकारिणीहरूसॅंग परामर्श एवं विचार गरेपछि उनको राजीनामालाई स्वीकार नगर्ने निर्णय लिएको बताइएको छ। पार्टीले उनको अगुवाईमा आफ्नो पहिलो चुनाउमा उत्कृष्ट प्रदर्शन गरेको र जनसाधारणबाट राम्रो समर्थन जुटाउन सक्षम बनेको बताइएको छ। बस्नेत पार्टी र राज्यका जनताको हितमा आफ्नो जिम्मेवारी निर्वहन गर्दै अध्यक्ष पदमा बनिरहनेछन् भनी विज्ञप्तिमा जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement