गान्तोक: आगामी दिनमा पालन गरिने १०औं योग दिवसलाई ध्यानमा राख्दै आज राङ्कास्थित लिङदुमको १३औं आइटीबीपी केन्द्र र आरिथाङ सरकारी माध्यमिक विद्यालयमा योग दिवस पालन गरियो। यस अवसरमा पुलिसवल साथै विद्यार्थीहरूले पनि उत्साहजनक सहभागिता जनाएका थिए। मेडिकल अफिसर (योग अनि नेच्यरोपेथी)को निर्देशमा सम्पन्न भएको थियो। उक्त कार्यक्रम अन्तर्गत प्रदर्शन साथै सहभागीहरूसँग अन्तक्रिया पनि गरिएको थियो भने प्रशिक्षकले सहभागीहरूलाई सुरक्षित र प्रभावकारी रूपमा योग आसनहरू प्रदर्शन गर्न सकोस् भन्ने कुरालाई ध्यानमा राख्दै सही आसन र समायोजनहरूको लागि अन्तरक्रियात्मक प्रदर्शन गरियो। यस कार्यक्रमको आयोजना सिक्किम राज्य आयुष समाज, स्वास्थ्य र परिवार कल्याण विभाग द्वारा १०औं अन्तर्राष्ट्रिय योग दिवस मनाउन काउन्टडाउन कार्यक्रमको रूपमा आयोजना गरिएको हो।