राजभवनमा पालन गरियो विश्व पर्यावरण दिवस

n6149293421717606942081edcff61463eaaadce6c1f7cf5729d7e790a4fd89b22bc38b1d02979a54c3c2ff.jpg

गान्तोक: राजधानीस्थित राजभवनमा आज वन विभागको पहलमा विश्व पर्यावरण दिवस विभिन्न प्रजातिको विरूवा रोप्दै पालन गरियो। यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा राज्यपाल लक्ष्मणप्रसाद आचार्य उपस्थित थिए भने विशिष्ठ अतिथिको रुपमा मुख्यमन्त्री प्रेमसिंह तामाङ, सिक्किम सरकारका मुख्य सचिव भीबी पाठक, मुख्यमन्त्रीकी धर्मपत्नी एवं नवनिर्वाचित विधायक कृष्ण राई, विभिन्न विभागका सचिवगण अन्य अधिकारीहरू उपस्थित थिए। राज्यपाल, मुख्यमन्त्री अनि अन्यले राजयभवन परिसरमा वृक्ष रोपन गरे। यसरीनै वन विभागद्वारा राज्यको विभिन्न ठाउँमा रोपनको निम्ति वितरण गरिनको निम्ति तयार विरूवा राखेको वाहनलाई पनि पनि राज्यपाल अनि मुख्यमन्त्री तामाङले हरियो झण्डा देखाएर प्रस्थान गराए।

कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपालले सिक्किम राज्यको प्राकृतिक सौन्दर्य अनि सम्पदाहरूको प्रशंसा गरे। यसरी नै देश अनि विदेशका पर्यटकहरू यहाँको पर्यवरणसँग मोहित बनेर यहाँ समय व्यतित गर्ने आउने गरेको कुरामा उनले जोड़ दिए। पर्यवरण अनि पर्यवरण संरक्षणसँगको हाम्रो सम्बन्ध मानव उत्पतिकालको शुरु देखिनै रहेको पनि उनले बताउँदै यसैले गर्दा नै हाम्रा पूर्वजहरूले प्रकृतिलाई सर्वस्व ठानेर पुजा अर्चना गर्ने गरेको पनि बताए। अब प्रकृति संरक्षणको जिम्मेवारी सबै मानव जातिको जिम्मेवारी रहेको पनि उनले बताउँदै अब केवल बोलेर होइन तर कार्यरुपमा नै प्रकृति संरक्षणको बाटोमा अघि लाग्नुपर्ने उनले बताए।

मुख्यमन्त्री प्रेमसिंह तामाङको दुरदर्शी सोंचमा सिक्किम सरकारले शुरु गरेको मेरो रुख मेरो सन्तति कार्यक्रम अतिनै अतिनै सराहनीय रहेको बताउँदै भविष्यमा यो कार्यक्रमलाई विश्वलेनै अंगीकार गर्ने उनले विश्वास व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement