गजल

Gazal-1

सरकारको  उदासीनताले  देश भक्ति पनि  मर्यो

किनारीकृत भएरै देश बनाउने  शक्ति पनि मर्यो

विरक्त बनायो सुन्दर देशको कुरुप भ्रष्ट शासनले

कुनै विकल्प बाँचेन मुक्तिको र विरक्ति पनि मर्यो

तानाशाही र सामन्तीकै खून छ देशका शासकमा

परिणामत: नागरिकहरुको अभिव्यक्ति पनि मर्यो

सरकारको  उदासीनताले  देश भक्ति  पनि  मर्यो

किनारिकृत  भएरै  देश  बनाउने शक्ति पनि मर्योll

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement