गुवाहाटी: प्रथम वाहिनी सशस्त्र सीमा बल (एसएसबी), सोनापुरद्वारा विश्व पर्यावरण दिवसको अवसरमा मेगा वृक्षारोपण अभियानको आयोजन गरियो। यस वर्ष विश्व पर्यावरण दिवसको थीम “भूमि बहाली, मरूस्थलीकरण औ सुक्खासित सामना गर्ने क्षमता” रहेको थियो जसको नारा “हाम्रो भूमि हाम्रो भविष्य” रहेको थियो।
प्रथम वाहिनी, सोनापुरका कमाण्डेन्ट सुनिल कौशिकको मार्गदर्शनमा प्रथम वाहिनीद्वारा ९०० वटा बिरूवाहरू विभिन्न स्थानहरूमा रोपियो अनि पारिस्थितिकी तन्त्रको सुरक्षा एवं बहालीको संकल्प लिइयो।
यस अतिरिक्त विभिन्न पर्यावरणीय चिन्ताहरूको बारेमा वैश्विक जागरूकता फैलाउने तथा सकारात्मक परिवर्तन ल्याउन एकसाथ एकजुट हुनको लागि प्रथम वाहिनी सोनापुरले बामुनखात एलपी स्कूल, कमलाझारी हाई स्कूल, आमसोंग चिया एस्टेट मोडल स्कूल, बामुनखात, जिल्ला कामरूप (मेट्रो) औ ग्रामवासीहरूसित मिलेर वृक्षारोपण अभियान संचालन गरे। यस अभियानमा कमाण्डेन्ट र अन्य अधिकारी, कार्मिक, डिगारू जीपीका अध्यक्ष, स्कूलका प्रधानाचार्य, स्कूल स्टाफ, विद्यार्थीगण एवं ग्रामीणहरूसित मिलेर मेगा वृक्षारोपण सम्पन्न गरियो।