बागडोग्रामा खरसाङ डिभिजनद्वारा  विश्व वातावरण दिवस पालन

Capture8.png

बागडोग्रा: खरसाङ वन डिभिजनको पहलमा बागडोग्रामा बुधबार विश्व वातावरण दिवसको महत्वपूर्ण कार्यक्रम मनाइएको छ। आजको दिन बागडोग्रा बेङ्डुबी गेस्ट हाउसमा खरसाङ वन डिभिजनका डीएफओ देवेश पाण्डेले दीप प्रज्वलन कार्यक्रम आयोजना गरेका थिए। कार्यक्रममा उत्तर बंगाल विश्वविद्यालयका कार्यवाहक रजिस्ट्रार देवाशिष दत्तको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा खरसाङ वन डिभिजनका डीएफओले वातावरण संरक्षण र हरियालीमा लाग्ने विषयमा जानकारी गराए। यस पटक उक्त अवसरमा तीन दिने स्केचिङ प्रतियोगिता पनि आयोजना गरिएकाे छ।डीएफओ देवेश पाण्डेले हामीलाई जोगाउने वातावरण जोगाउन सबैले आवश्यक पहल गर्नुपर्ने बताए। अन्तमा, उहाँले भविष्यमा ग्लोबल वार्मिङ संकट रोक्नको लागि वातावरणप्रति हाम्रो दायित्वलाई उजागर गर्दै कार्यक्रमकाे समापन गर्नुभयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement