एयर इण्डियाकाे सयभन्दा अधिक विमानहरूमा फेरबलद हुने

110735561.cms_.jpg

नयाँ दिल्ली: टाटा समूहको अगुवाईमा रहेको एयर इण्डियाले सयभन्दा अधिक विमानहरूमा फेरबलद गर्ने भएको छ जसमा ४० वटा विशाल आकारका विमानहरू सामेल छन्। विमानहरूमा नवीनीकरणको लागि लगभग २५,००० सीटको ठेका पनि दिइएको छ।

कम्पनीका मुख्य कार्यपालक अधिकारी (सीईओ) क्याम्पबेल विल्सनले बुधवार ‘सीएपीए इण्डिया एभिएशन समिट’ – लाई सम्बोधन गर्दै भने, एयर इण्डियाले आफ्ना सयभन्दा अधिक विमानहरूमा सुधार गर्नेछ। कम्पनीका सीईओले एयरलाइन उद्योगको लागतको बारेमा बताए, हवाई किराया समग्र मुद्रास्फीतिको तुलनामा कमै रहेको छ। एयर इण्डियामा परिवर्तनको अंगको रूपमा धेरै कुराहरू भइरहेका छन्। विल्सनले भने, एकीकरण, विकास, अनुकूलन औ ग्राहक अनुभवमाथि ध्यानकेन्द्रित गरिँदैछ।

टाटा समूहले आफ्नो व्यापारलाई सशक्त बनाउनको लागि एआईएस कनेक्ट (पूर्व नाम एयर एशिया इण्डिया)-लाई एयर इण्डिया एक्सप्रेससित तथा विस्ताराको एयर इण्डियासित विलय गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement