टिस्टाभेल्लीमा आध्यात्मिक जागरण समारोह सम्पन्न

IMG-20240605-WA0302.jpg

सोनादा: मानव उत्थान सेवा समिति टिस्टाभेल्ली तहसील अन्तर्गत टिस्टाभेल्ली शाखाको तत्वावधानमा टिस्टाभेल्ली बरपिपल गाउँस्थित सार्वजनिक भवनमा आध्यात्मिक जागरण कार्यक्रम समितिको मङ्पु-टिस्टाभेल्ली तहसील प्रभारी महात्मा पुष्पवती बाईजीको अध्यक्षतामा सम्पन्न भयो। बरपिपल गाउँ समाजका संस्थापक सदस्य स्व रामबहादुर छेत्रीको पुण्य स्मृतिमा मेधावी विद्यार्थीहरूलाई स्व रामबहादुर छेत्री स्मृति शैक्षिक मेधावी पुरस्कारसँगै मेघनाथ छेत्रीकृत पाँचवटा पुस्तकहरू वितरण एवम् आध्यात्मिक जागरण कार्यक्रमको दोस्रो चरणमा सम्पन्न भएको उक्त आध्यात्मिक जागरण कार्यक्रम बेलुकी चार बजीदेखि सम्पन्न भएको थियो। मानव धर्मका प्रणेता सदगुरुदेव श्री सतपालजी महाराजको तस्वीर अघि दीप प्रज्वलन एवम् माल्यार्पण भई शुभारम्भ भएको उक्त कार्यक्रम महात्मा पुष्पवती बाईजी र महात्मा निहारिका बाइजीले धर्म र अध्यात्मको सार तत्वबारे सम्झाएका थिए। विश्व ब्रह्माण्डलाई जुन धर्म तत्वले धारण गरेको छ सोही तत्व नै मानव शरीरमा पनि विद्यमान रहेको छ। शरीरमा धारण भएको प्राणतत्व तथा आत्मतत्वलाई जान्नु नै वास्तवमा धर्मको सार रहेको कुरो सम्झाउँदै महात्मा पुष्पवती बाइजीले समयका तत्वदर्शी सदगुरूको शरणमा  परेर आत्माज्ञानको क्रियात्मक दीक्षा ग्रहण गरी आफूभित्रको आत्म तत्वलाई स्वयंले अनुभूती गर्ने आह्वान गरेकी थिईन्। भौतिक एवम् आध्यात्मिकको समन्वय नै जीवनको प्रमुख सार हो भनी महात्मा निहारिका बाईजीले सम्झाईन्। शाखा सचिव शङ्कर शर्माद्वारा सञ्चालित उक्त कार्यक्रममा समितिको टिस्टाभेल्ली तहसील सचिव खुश्बु गिरीले स्वागत सम्बोधन गरेका थिए। गेल शाखाका युवा प्रकोष्टका सुलक्षण थापाले पनि आफ्नो मन्तव्य प्रस्तुत गर्दै वर्तमान युवाहरूको दिशा र दशा देख्दा युवाहरुमा आध्यात्मिक चेतना हुनु आवश्यक रहेको कुरो सम्झाएका थिए। गेल शाखाकै जितेन मंगरले पनि आफ्ना आध्यात्मिक अनुभूतिहरू साझा गरेका थिए।कार्यक्रममा मेघनाथ छेत्री कृत पाँच पुस्तक “कृति पठन”, “मन”, “भालो बन्धुको सम्झनामा”, ‘कृति अध्ययन” महात्मा पुष्पवती बाईजी र महात्मा निहारिका बाईजीको करकमलबाट अवलोकन भई श्री महाराजजीको चरण पादुकामा चढाईएको थियो।कार्यक्रममा साथ दिने सबैलाई मेघनाथ छेत्रीले धन्यवाद दिएका थिए भने सरनिमा मंगर, दीक्षा मंगर प्रवेश छेत्री, सेविका रेश्मिका, सजीवन थापा, सुनिता खवास आदिले समधुर भजनहरू प्रस्तुत गरेका थिए। समारोहमा टिस्टाभेल्ली, गेल, जिंगलाम, रङ्गली आदि क्षेत्रहरूबाट धेरै संख्यामा भागवत भक्तजन उपस्थित भएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement